शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा दुई अर्बमाथिको कारोबार

११ मंसिर २०७९, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२ अंकले बढ्न पुगेको छ ।

नेप्से परिसूचक आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेसँगै आज शेयरबजारमा रौनक देखिएको हो ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । शेयरबजारमा एकाएक सुधार देखिसँगै आज लगानीकर्ताहरुमा उत्साह थपिएर २ अर्बमाथिको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*