मर्जरलाई अन्तिम रुप दिन कुमारी र एनसीसी बैंकले डाक्यो विशेष साधारण सभा

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेडले मर्जर प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ । यी बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकले मंसिर २५ गते छुट्टाछुट्टै स्थानमा बस्नेगरी साधारण सभा आह्वान गरेको हो ।
कुमारी बैंकको सभा मंसिर २५ गते कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय काठमाडौंमा दिउँसो १ बजे बस्नेछ भने एनसीसी बैंकको मंसिर २५ गते अनमोल ब्याङ्क्वेट, शंखमुल काठमाडौंमा दिउँसो १ बजे बस्नेछ ।
यी दुवैको विशेष सभाले एकआपसमा मर्जरमा जाने सम्बन्धि सबै प्रस्तावहरु पारित गर्नेछ । सभाले डीडीएपश्चात निर्धारण गरिएको स्वाप रेसियो १ः१ स्वीकृत गर्नेछ ।
कुमारी बैंक र एनसीसी बैंकले यहि मंसिर १५ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर १४ गतेसम्म कायम शेयधरनीहरु मात्रै उक्त सभामा उपस्थित हुन पाउनेछन् ।












