कालिञ्चोक दर्शनले भोलिदेखि आइपीओ निष्काशन गर्दै, क-कसले दिन पाउछन् आवेदन ?

१३ मंसिर २०७९, मंगलवार १६:४५

काठमाडौं । कालिञ्चोक दर्शनले यहि मंसिर १४ गतेदेखि साधारण शेयर आइपीओ भोलिदेपिख निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याएसँगै कालिञ्चोक दर्शन लिमिटेडले आइपीओमा आरक्षण छुट्याएको हो ।कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको आइपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*