जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा झण्डै ५ खर्ब रुपैयाँ संचिती, कुन कम्पनीको कति ? (तथ्याङ्कसहित)

१६ मंसिर २०७९, शुक्रबार ११:१९

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २०.७८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो ।

विवरणअनुसार असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ४ खर्ब ९० अर्ब १० करोड रुपैयाँ रहेको छ । जुन यो गत आवको तुलनामा २०.७८ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीहरुको बीमा कोषमा ४ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ संचिति रहेको थियो ।

बीमा ऐन अनुसार जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणमा बीमा कोष छुट्याएर राख्नुपर्दछ । कम्पनीको भविष्यमा हुन सक्ने जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोषहरु छुट्याएर राखेको हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी बीमा कोषको आकार नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफले पहिलो त्रैमाससम्म एक खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेर राखेको छ । जुन यो गत आवको तु्लनामा १९.६४ प्रतिशत बढी हो ।

त्यस्तै, एलआइसी नेपालले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै पहिलो त्रैमाससम्म ९७ अर्ब ५० करोड ३ लाख रुपैयाँ संचित गरेको छ । साथै नेशनल लाइफले पनि असोज मसान्तसम्म उल्लेख्य प्रिमियम कलेक्शन गरि सो अवधिसम्म बीमाकोषको आकार बढाएर कोषमा ५३ अर्ब ७७ लाख रुपैयाँ संचित गरेको छ ।

साथै, राष्ट्रिय बीमा संस्थानको ४० अर्ब २४ करोड, एशियन लाइफको ३३ अर्ब ६३ करोड, मेट लाइफको २१ अर्ब ३० करोड, प्राइम लाइफको १९ अर्ब ८९ करोड, सूर्या लाइफको १४ अर्ब ९२ करोड, गुराँस लाइफको १३ अर्ब ११ करोड, युनियन लाइफको १२ अर्ब ३२ करोड, ज्योति लाइफको ७ अर्ब ४ करोड, सिटिजन लाइफको ६ अर्ब ६३ करोड, आइएमई लाइफको ५ अर्ब १६ करोड, रिलायबल नेपाल लाइफको ५ अर्ब १५ करोड, सन नेपाल लाइफको ३ अर्ब ९६ करोड, रिलायन्स लाइफको ३ अर्ब ९३ करोड, सानिमा लाइफको ३ अर्ब ७४ करोड, प्रभु लाइफको ३ अर्ब २४ करोड र महालक्ष्मी लाइफको २ अर्ब ४० करोड रुपैयाँ संचित रहेको छ ।

बृद्धिदरको आधारमा को अघि ?
१९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा कोषको आधार बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनमा सबै कम्पनीको बीमा कोषको आकार बृद्धि भएको छ ।

सो मध्ये पनि रिलायबल नेपाल लाइफले यस अवधिसम्म जीवन बीमा कोषको आकार ६९.९१ प्रतिशतले बढेको छ । कम्पनीले जीवन बीमा ब्यवसायमा उल्लेख्य बृद्धि गर्दै बीमा कोषको आकार बढाएको देखिएको हो ।

त्यस्तै, महालक्ष्मी लाइफको ५६.३४ प्रतिशत, सिटिजन लाइफको ५६.२४ प्रतिशत, ज्योति लाइफको ५४.९६ प्रतिशत, आइएमई लाइफको ५२.९६ प्रतिशत, सानिमा लाइफको ५२.२६ प्रतिशत, सन नेपाल लाइफको ४८.९७ प्रतिशत, युनियन लाइफको ४३.६४ प्रतिशत, प्रभु लाइफको ४०.६६ प्रतिशत, रिलायन्स लाइफको ३०.३० प्रतिशत, सूर्या लाइफको २९.६५ प्रतिशत, प्राइम लाइफको २६.५४ प्रतिशत, गुराँस लाइफको २०.५२ प्रतिशत, एशियन लाइफको २०.३२ प्रतिशत, नेशनल लाइफको १९.७८ प्रतिशत, नेपाल लाइफको १९.६४ प्रतिशत, एलआइसी नेपालको १६.९० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ८.३५ प्रतिशत र मेट लाइफको ७.९२ प्रतिशतले बीमा कोषको आकार बढेको छ ।

अधिकांश नयाँ जीवन बीमा कम्पनीहरुले बीमा कोषको आधार बढी बढाएको देखिएको छ । रिर्पोटअनुसार नयाँ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकारमा बृद्धिदर देखिएको हो ।

जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष एकदमै महत्वपूर्ण सूचाङ्क हो । बीमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा बीमितहरुमार्फत उठाएको प्रिमियम, बीमालेख धितोमा कर्जाबाट प्राप्त ब्याजदर रकम, मुद्दती निक्षेपबाट प्राप्त ब्याजदर, लगानी कर्जा तथा अन्यबाट आय र पुनर्बीमा कमिशन आयबाट मुनाफा संचित गरी बीमा कोषमा केही रकम संचित गरी राखेको हुन्छ । भविष्यमा कम्पनीमा हुन सक्ने जोखिम बहनका लागि जीवन बीमा कम्पनीहरुले अनिवार्य रुपमा बीमा कोषमा रकम छुट्याएर राखेको हुन्छ, हुनुपर्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*