एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड लेभलपमेन्टको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीले सोही प्रस्तावित लाभांश पारित गर्न पुष २० गते १०औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साथै यहि पुष ४ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र सो शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।












