नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१८ मंसिर २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक शेयरबजार बन्द हुँदासम्म २.१६ अंकले बढेर १९६३को विन्दुमा कायम भएको छ ।

नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ५६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघु्वित्तको ८ करोड ७७ लाख, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ११ लाख, हिमालयन डिष्टिलरीको ६ करोड ७० लाख र शिवम् सिमेन्ट्सको ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*