तेह्रथुम पावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

१८ मंसिर २०७९, आईतवार १५:२०

काठमाडौं । तेह्रथुम पावर कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष १० गते होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका अलावा आप २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धाण गर्ने, रिक्त संचालक समिति सदस्यको निर्वाचन।मनोनयन र संचालक समितिको लागि निर्वाचन अधिकृतको चयन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*