नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

१८ मंसिर २०७९, आईतवार १६:१६

काठमााडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य २७१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २४७ रुपैयाँ १८ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*