प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

१९ मंसिर २०७९, सोमबार १०:१७

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय तथा बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सक्नेछ्न् ।

साथै तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*