एनएमबि बैंकले सर्वसाधारणसमक्ष ४४ हजार कित्ता शेयर बिक्री गर्ने, न्यूनतम मूल्य १८० रुपैयाँ

१९ मंसिर २०७९, सोमबार ११:१८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यहि मंसिर २६ गतेदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी तथा अन्य ब्यक्ति तथा संस्थाले पुष ४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

इच्छुक खरीदकर्ताहरुले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । तोकिएको मितिभित्र प्राप्त बोलपत्र पुस ५ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । बैंकको यो शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*