मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेस्ट्रो’मा विशेष छुट

१९ मंसिर २०७९, सोमबार १३:२६

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेस्ट्रो’ रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘द डालो रेस्ट्रो’मा फुड एन्ड बेभरेजमा विशेष १०५ छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*