शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार डेढअर्बमाथि

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
पछिल्ला केही दिनयता शेयरबजारमा कारोबार रकम माथि उक्लिएको छ । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेसँगै पनि लगानीकर्ताहरुमा उत्साह थपिएको कारोबार रकमले देखाएको छ ।
त्यस्तै, नेप्सेले पनि रोक्का रहेको कम्पनीहरुको श्ेयर कारोबार धमाधम फुकुवा गर्न थालेसँगै पनि करोडमा सीमित हुने कारोबार अर्बमाथि उक्लिन थालेको हो ।
आज शेयरबजार घटेपनि सयपत्रि हाइड्रोपावर, एनआइसी एशिया एशिया सेलेक्ट फण्ड–३०, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, नारायणी डेपलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रको शेयरमूल्य तथा इकाईमूल्य बढेको छ ।












