एनआईसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१९ मंसिर २०७९, सोमबार १५:४१

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले देशभरिमा सञ्चालित शाखाहरुको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले सुपरभाइजर (शाखा प्रमुख) ६ जना, बरिष्ठ सहायक प्रमुख (शाखा प्रमुख) ५ जना, सहायक १० जना, कनिष्ट सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले पहिलो पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाईट  https://www.nicasialaghubitta.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*