नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२० मंसिर २०७९, मंगलवार ०५:३०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २०) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि समेत० गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश पारितका लागि बैंकले ३६औं वार्षिक साधारण सभा यहि पुष ७ गते आह्वान गरेको छ ।












