विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने
१९ मंसिर २०७९, सोमबार २०:१३

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो। एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।
मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले हस्ताक्षर गरेका छन्।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नेपाल एसबिआई बैकको पूर्णस्वामित्व भएको सहायक कम्पनी हो।












