साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

२० मंसिर २०७९, मंगलवार १०:४८

काठमाडौं । साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।

कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रहेको छ ।

सो पूँजीको आधारमा कम्पनीले बोनस शेयर वापत रू। ४० करोड ६७ लाख ४७ हजार र नगद लाभांश वापत रू। २ करोड १४ लाख ७ हजार वितरण गर्ने तयारी गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षभन्दा बढी लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*