आरएमडीसी लघुवित्तले कति दिँदै छ शेयरधनीलाई लाभांश ?

२० मंसिर २०७९, मंगलवार १०:५१

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०७८र ०७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

गत वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढाएर लाभांश प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*