धमाधम १० कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?

२० मंसिर २०७९, मंगलवार १२:५४

काठमाडौं । नेप्सेमा सूचीकृत थप १० कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । अधिकांश बैंकहरुको साधारण सभा यहि मंसिर महिनामा हुँदैछ । जसमा ७ वटा वाणिज्य बैंक, दुई हाइड्रोपावर र एउटा होटलको साधारण सभा चाँडै हुदै ।मंसिर महिनामित्रै साधारण सभा गर्ने कम्पनीमा ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र युनाइटेड इदि मर्दि हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, पुष महिनामा साधारण सभा गर्ने कम्पनीमा सोल्टी होटल लिमिटेड, सानिमा बैंक, माउन्टेन इनर्जी, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यी १० कम्पनीले नै गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

Source : Nepse listed Company Announcment

ग्लोबल आइएमई बकैं
ग्लोबल आइएमई बैंक लिमिटेडले यहि मंसिर २३ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरिधारा काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

कम्पनीको सो सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १०.६ प्रतिशत नगद लाभांश (कर समेत) र ३ प्रतिशत बोनस शेयर गरी कुल १३.६ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले मंसिर ७ गते नै बुकक्लोज गरिसकेको छ ।यसर्थ मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले २८औं वार्षिक साधारण सभा यहि मंसिर २३ गते बस्नेगरी आह्वान गरेको छ । सभा आर्मी अफिसर्स क्लब, टुडिखेल काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको शेयर कारोबार हालसम्म रोक्का रहेको छ । यसर्थ नेप्सेले शेयर कारोबार रोक्का गर्नुभन्दा अघिसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यहि मंसिर २५ गते २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १ बजे बस्नेछ ।

कम्पनीको सो सभाले शेयरधनीहरुलाई गत आवको मुनाफाबाट प्रस्ताव गरेको १६.५१ प्रतिशत नगद लाभाश (कर समेत) पारित गर्नेछ ।
बैंकले मंसिर ७ गते नै साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरिसकेको छ । यसर्थ मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडले यहि मंसिर २६ गते २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा लैनचौर ब्याङ्क्वेट लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभाश (कर समेत) गरी कुल २०.६८ प्रतिशत लाभांश पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश तिवरण प्रयोजनका लागि मंसिर १३ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

युनाइटेड इदि मर्दि हाइड्रोपावर
युनाइटेड इदि मर्दिको १३औं वार्षिक साधारण सभा यहि मंसिर २८ गते हुँदैछ । कम्पनीको सभा आभ्या क्लब घरिपाटन, पोखरामा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सो सभाले १०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले मंसिर १६ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

सानिमा बैंक
सानिमा बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा यहि पुष ३ गते बस्नेगरी आह्वान गरेको छ । कम्पनीको सभा अमरपाली ब्याङक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

बैंकको सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले मंसिर १९ गते नै बुकक्लोज गरिसकेको छ । यसअनुसार मंसिर १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

मेगा बैंक
मेगा बैंकले १२औं वार्षिक साधारण सभा यहि पुष ७ गते बस्नेगरी आह्वान गरेको छ । कम्पनीको सभा राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

कम्पनीको सो सभाले ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनार्थ यहि मंसिर २३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा यहि पुष ७ गते बस्नेगरी आह्वान गरेको छ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलार्ई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि मंसिर २१ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ आज (मंसिर २०) गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

माउन्टेन इनर्जी लिमिटेड
माउन्टेन इनर्जी लिमिटेडले नवौं वार्षिक साधारण सभा यहि पुष ८ गते अमरपाली ब्याङक्वेट क्याटरिङ एण्ड इभेन्ट्स भाटभटेनीमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको छ ।

कम्पनीको सो सभाले १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले यहि मंसिर २७ गते बुकक्लोजको मिति ताकेको छ । यसर्थ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

सोल्टी होटल
सोल्टी होटल लिमिटेडले यहि पुष २७ गते ४८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र २१.३१५७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २६.३१५७ प्रतिशत लाभांश सो साधारण सभाबाट पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि यहि पुष ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ६ गतेसम्म कायम शेयधरनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*