नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
२० मंसिर २०७९, मंगलवार १६:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य २५१ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २४२ रुपैयाँ १२ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।












