जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे ४६ अर्ब कुल बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्यांक सहित)
२० मंसिर २०७९, मंगलवार १६:२३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको चार महिनामा ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ बनेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १२ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।













