सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२१ मंसिर २०७९, बुधबार ०८:५०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*