सनराइज बैंकद्धारा वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आइपीओमा आवेदन दिने सूचना, कसरी दिन सकिन्छ आवेदन ?

२१ मंसिर २०७९, बुधबार १४:२६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब नेपालमा जारी हुने जुन कुनै कम्पनीको साधारण शेयर (आइपीओ)को १० प्रतिशत हिस्सा प्रवासी नेपाली अर्थात वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्ने गरि छुट्याउने व्यवस्था गरेको छ ।

केही कम्पनीहरुले वैदेशिक रोजगारमा जानेहरुका लागि १० प्रतिशत आरक्षण छुट्याई आइपीओ निष्काशन गरिसकेका छन् । अझैपनि केही वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आइपीओमा छुट्याइएको १० प्रतिशत हिस्सामा कसरी आवेदन दिने यसको प्रक्रियाहरु के–कस्तो छ भन्ने कुराको अन्योलता रहेको छ ।

गत कात्तिक १७ गते धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) लागू हुनेगरी जारी भएको र श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरुले सरकारले आइपीओमा छुट्याएको १० प्रतिशत आरक्षणमा आवेदन दिन सक्नेछन् । यसका लागि उक्त ब्यक्तिहरुले यथासक्य चाडों सि–आस्वा सदस्य बैंकहरुमा सम्पर्क गरी सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यविधि बमोजिम सी–आस्वा रजिष्ट्रेशन नम्बर लिनुपर्नेछ ।

यसैबीच सनराइज बैंक लिमिटेडले पनि वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई थप सेवा सुविधा दिने हेतुले बैंकमा सनराइज डिम्याट खाता खोली सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । सनराइज बैंकमा रेमिट्यान्ट बचत खाता खोली वैदेशिक रोजगारमा गएका नेपालीहरुले आइपीओमा छुट्याएको १० प्रतिशत कोटा सुनिश्चित गर्न सक्नेछन् ।

यसका लागि सनराइज बैंकले सर्वप्रथम नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेको हुनुपर्ने मापदण्ड राखेको छ । त्यस्तै, सनराइज बैंकमा रहेको आफ्नो बैंक खाता सनराइजन रेमिट् बचत खाता हुनुपर्ने र अन्य स्किममा भएका खातालाई श्रम स्वीकृति र विदेशमा भएको प्रमाण सहित खाता भएको शाखामा निवेदन दिई सनराइज रेमिट् बचत खातामा परिवर्तन गर्नुपर्नेछ ।

साथै यस प्रयोजनका लागि छुट्टै सी–आस्वा नम्बर लिनुपर्ने भएकोले बैंकको वेबसाइट भएमा सी–आस्वा रजिष्ट्रेशन फाराम भरि नेपाल सरकारको श्रम स्वीकृति र विदेशमा रोजगार गरिरहेको प्रमाण सहित इमेल मार्फत वा सम्बन्धित देशमा सनराइज बैंकको प्रतिनिधिमार्फत आफ्नो खाता भएका शाखामा पठाउन सक्नेछन् ।

यस अघिनै सीआरएन नम्बर लिइसकेको भएमा उक्त नम्बरलाई रेमिट्यान्स स्किममा परिवर्तन गर्नुपर्ने हुँदा माथि उल्लेखित प्रक्रियाझै गर्नुपर्नेछ । साथै आफ्नो रेमिट् बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ विदेशबाट आफैंले पठाएको हुनुपर्ने र उक्त जानकारी खातामा पैसा जम्मा गर्दा खुलेको हुनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*