नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
२१ मंसिर २०७९, बुधबार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य २१२ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २०४ रुपैयाँ ६२ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।












