मर्जर प्रस्ताव सहित सेञ्चुरी कमर्सियल र प्रभु बैंकको साधारणसभा पुस १४ गते, दुबैले कति दिँदैछ लाभांश ?

२२ मंसिर २०७९, बिहीबार १०:४४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकर प्रभु बैंकले मर्जरको अन्तिम सम्झौता गरिसकेको छ । अन्तिम हस्ताक्षर गरिसकेको दुबै बैंकले पुस १४ गते बार्षिका साधारणसभाका लागि बोलाएको छ। दुबै बैंकले छुटाछुटै भेन्यूमा साधारणभा गर्न लागेको हो ।

सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा बैंकले ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभामा यस बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

त्यस्तै, प्रभु बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ६.५०% बोनस सेयर र १.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा छ । साथै, यस बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेन्डा छ ।

सभाबाट सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*