यस साता मात्रै ९ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट विभिन्न कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रममा यस साता मात्रै ९ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
बुधबारसम्ममा २ निर्जिबन बीमा कम्पनी, ४ बैंक, २ लघुवित्त संस्था र एक हाइड्रोपावर कम्पनी गरी कुल ९ वटा कम्पनीले यस साताभित्र लाभांश प्रस्ताव गरेका छन् । सो मध्ये पनि दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति समेत तोकिसकेका छन् ।
यस साता गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने दुई बीमा कम्पनीमा नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । त्यस्तै, बैंकहरुमा एनआरएन इ्रन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन् । साथै दुई लघुवित्तमा आरएमडीसी लुघवित्त र साना किसान लघुवित्त छन् भने हाइड्रोपावर कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ ।
९ मध्ये पनि एनआरएन इन्फ्रास्ट्रक्चर र एनएमबि बैंकले बोनस नदिई नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् भने बाँकी सबै कम्पनीले बोनस शेयरका साथै नगद लाभांश समेत प्रस्ताव गरेका छन् ।













