नयाँ सारथी र बिजय लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का
२७ मंसिर २०७९, मंगलवार १०:२७

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र बिजय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।
यी दुवै संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने मंसिर १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । साथै मर्जर सम्झौता सम्पन्न भएकाले सो प्रक्रिया अघि बढाउनको लागि संस्थाले नेप्सेमा आधारभूत शेयरधनीको कारोबार रोक्का गर्नको लागि पत्राचार समेत पेश गरेको छ ।
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. ३ मा रजिष्टर्ड कार्यालय रहेको नयाँ सारथी लघुवित्त र गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय भएको बिजय लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको हो ।












