प्रभु बैंकले ४० लाख कित्ता शेयर बिक्री गर्ने, १२६ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

२७ मंसिर २०७९, मंगलवार १२:५२

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ । इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
बैंकले सो सेयरको न्युनतम मूल्य १२६ रुपैयाँ तोकेको छ ।

यसर्थ सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । यस्तै, न्युनतम १० हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलकबोल मंसिर २८ देखि खुला हुनेछ । बोलकबोलमा पुस १३ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ । बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*