नेरुडे लघुवित्तको २१ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुवनेश्वर मण्डलको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
संस्थाले २१ हजार ८५७ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ । यसर्थ सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा दरखास्त दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि दरखास्त नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अनय कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।












