किन भएन श्रृजनशील लघुवित्तको शेयर कारोबार ?
२८ मंसिर २०७९, बुधबार ११:०९

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो ।
कम्पनीले मंसिर २७ गते ‘एचएचएलबी’ सिम्बोलबाट १०० रुपैयाँ अंकित दरका कुल १० लाख ९३ हजार कित्ता शेयर सूचीकृत गराएको थियो । मंसिर २७ गते सूचीकृत भएपश्चात आजदेखि संस्थाको शेयर कारोबारमा आउनुपर्नेमा शेयर म्याचिङ नभएका कारण कारोबारमा नआएको हो ।
संस्थाको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज २५९ रुपैयाँ ५९ पैसादेखि ७७९ रुपैयाँ ७७ पैसासम्म पाउने देखिएको छ ।












