लाभांश प्रस्तावसहित एनएमबि बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

२९ मंसिर २०७९, बिहीबार १०:५६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले २७औं वार्षिक साधारण सभा पुष २५ गते बस्नेगरी डाकेको हो ।

बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसासभा पुष २५ गते सोमबार बस्नेछ । सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको हालको चुक्तापुँजीको १८ अर्ब ३६ करोड रुपैयाँबाट ८.२५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्नेछ ।

साथै सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अगाडी बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७८।७९ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका अलावा आ २०७९।८० को लागि लेखा परिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि पुष ११ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १० गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*