पुष महिनाका लागि बैंकहरुले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मंसिर महिनाकै ब्याजदर यथावत्

२९ मंसिर २०७९, बिहीबार ११:२४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुष महिनाका लागि ब्याजदर यथावत् राखेका छन् । बैंकहरुले आज प्रकाशित गरेको पुष महिनाका लागि नयाँ ब्याजदरमा पु्रानै ब्याजदर कायम गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमितिको बैठकले अघिल्लो महिनाकै ब्याजदरलाई पुष महिनामा समेत निरन्तरता दिने निर्णय गरेको थियो । सोही बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुले मंसिरकै ब्याजदरलाई कायम राखि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ब्याजदर घटाउनुपर्ने पटक–पटक माग गरिरहेको छ । यसअघि नेपाल उद्योगी व्यवसायी संगठनले पनि कर्जाको ब्याजदर घटाउनुपर्ने माग राख्दै माइतीघरमा विरोध प्रदर्शन नै गरेका थिए ।

बैंकहरुले मंसिर महिनामा निक्षेपको अधिकत १२.१३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए । पुसमा पनि सोही ब्याजदरमा निक्षेप संकलन गर्ने भएका हुन् । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम भएको छ ।

विकास बैंकहरुले गत महिना ब्याजदर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका थिए । पुस महिनामा पनि अधिकांश विकास बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन् । अधिकांश फाइनान्स कम्पनीहरुले अधिकतममा १३.३५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*