लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ ।
केन्द्रीय बैंकले लघु्वित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना सकिएको १५ दिनमा राष्ट्र बैंकमा पेश गनुपर्नेछ । साथै माघ महिनादेखि लघुवित्त संस्थाहरुले आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ ।
यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशमा लघुवित्त वित्तीय संस्थाहरुले पुष मसान्तदेखि मासिक रुपले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकमा पेश गनुपर्ने प्रावधान थियो । केन्द्रीय बैंकले संशोधन गरेको एकीकृत निर्देशमा वित्तीय संस्थाहरुले आधार दर अब मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने समावेश गरेको हो ।













