संघिय सरकारको खर्च साढे ३ खर्ब माथि,

२९ मंसिर २०७९, बिहीबार १७:०९

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाल सरकारको खर्च ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा संघिय सरकारको कुल खर्च २२.१ प्रतिशतले बढ्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार संघिय सरकारको खर्च कात्तिक महिनासम्म ह्वातै बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्म २ खर्ब ८७ अर्ब रुपैयाँ रहेको संघिय सरकारको खर्च कात्तिकसम्ममा ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः २८१ अर्ब ३९ करोड रुपैयाँ, २६ अर्ब ३० करोड रुपैयाँ र ४३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) २६८ अर्ब ७ करोड रुपैयाँ भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ २४५ अर्ब ७९ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ २२ अर्ब २८ करोड रुपैयाँ परिचालन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*