नेपाल राष्ट्र बैंकद्धारा लघुवित्त संस्थालाई संस्थापक तथा सिइओको योग्यता सम्बन्धि निर्देशन

२९ मंसिर २०७९, बिहीबार १७:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को योग्यता सम्बन्धि निर्देशन जारी गरेको हो ।

जसमा विद्यमान व्यवस्थाअन्तर्गत टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यवस्था रहेकोमा संशोधित व्यवस्थाअन्तर्गत टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजी आरोपमा सजाए नपाएको व्यवस्था परिमार्जन भएको छ ।

साथै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाए भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकको विद्यमान व्यवस्थामा यो व्यवस्था रहेको थिएन ।

त्यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भई नसकेको हुनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*