राष्ट्र बैंकले जारी गर्यो बैंकहरुको सिइओको शैक्षिक योग्यता सम्बन्धी निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देश २०७८, परिमार्जन गरेको छ ।
केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को शैक्षिक योग्यता सम्बन्धी निर्देशन जारी गरेको हो ।
जसमा विद्यमान व्यवस्थाअन्तर्गत टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यवस्था रहेकोमा संशोधित व्यवस्थाअन्तर्गत टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजी आरोपमा सजाए नपाएको व्यवस्था परिमार्जन भएको छ ।
साथै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाए भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकको विद्यमान व्यवस्थामा यो व्यवस्था रहेको थिएन ।
त्यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतित भई नसकेको हुनुपर्नेछ । राष्ट्र बैंकको विद्यमान व्यवस्थामा यो व्यवस्था समावेश थिएन ।













