नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
२९ मंसिर २०७९, बिहीबार १७:५८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम प्रभु बैंकको शेयरमूल्य २०१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले ६.५ प्रतिशत बोनस शेयर वितरण पछिको शेयरमूल्य १८९ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।
त्यस्तै चिलिमे हाइड्रोपावरको कायम ३९० रुपैयाँका आधारमा नेप्सेले ७.५० प्रतिशत बोनस शेयर तिवरणपछिको शेयरमूल्य ३६२ रुपैयाँ ७९ पैसा कायम गरेको छ ।
सोही मूल्यकै आधारमा यी दुई कम्पनीको आइतबार शेयरबजारमा कारोबार खुल्नेछ ।












