प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२९ मंसिर २०७९, बिहीबार २३:४४

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ८ दशमलव ९५ प्रतिशतका दरले लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।
जसमध्ये प्रति शेयर ४ प्रतिशतका दरले बोनश शेयर र प्रतिशेयर ४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*