श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

१ पुष २०७९, शुक्रबार १०:३२

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितकिो बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*