सनराइज बैंकको आजदेखि नयाँ ब्याजदर लागू, कुन खातामा कति ?

काठमाडौं । सनराइज बैंकको नयाँ ब्याजदर आजदेखि लागू भएको छ । बैंकले पुष महिनाका लागि मंसिर महिनाकै ब्याजदर यथावत् राखि आजदेखि सो ब्याजदर लागू गरेको हो ।
नेपाल बैंकर्स संघको कार्यसमितिको पुष २८ गते बसेको बैठकले आगामी पुष महिनाका लागि बैंकहरुको ब्याजदर यथावत् नै राख्ने निर्णय गरेसँगै सनराइज बैंकले गत महिनाकै ब्याजदर यथावत् राखि सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदरअनुसार बैंकले साधारण बचत खाता अन्तर्गत न्यूनतम ७.१३ प्रतिशत ब्याजदरदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
साथै बैंकले यता मुद्दती निक्षेपअन्तर्गत न्यूनतम १०.१३३ प्रतिशत ब्याजदर देखि अधिकतम १४.१३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
साथै बैंकले यता कर्जा पट्टि भने घर कर्जा, शिक्षा कर्जा, सनराइज सजिलो कर्जा, अटो कर्जा, सिग्नेचर कर्जा, सनराइज क्यारोल कर्जामा १३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।













