पुष महिनामा धमाधम १४ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?

२ पुष २०७९, शनिबार ०६:००

काठमाडौं । पुष महिनामा नेप्सेमा सूचीकृत १४ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

जसमध्ये धेरैजसो बैंकहरु रहेका छन् बाँकी हाइड्रोपावर कम्पनी, बीमा कम्पनी र होटल रहेको छ । पुष महिनामा साधारण सभा हुने बैंकहरुमा सानिमा बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, सेञ्चुरी बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, गरिमा विकास बैंक र एनएमबि बैंक रहेको छ ।

त्यस्तै, हाइड्रोपावर कम्पनीमा माउन्टेन इनर्जी, पाँचथर पावर र चिलिमे हाइड्रोपावर रहेको छ । त्यस्तै, बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स रहेको छ भने होटलमा सोल्टी होटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*