सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
३ पुष २०७९, आईतवार ०९:०६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभाका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
बैंकले पुस १४ गते १२औं साधारणसभा बिहिबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान डाकेको हो । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
बैंकले आर्थिक वर्ष ७८र७९ को मुनाफ बाट ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।












