महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

३ पुष २०७९, आईतवार १०:२८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको पु्ष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधराण सभाले पारित गरे.पछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*