लाभांश प्रस्तावसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

३ पुष २०७९, आईतवार ११:२३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधराण सभा आह्वान गरेको छ । बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १२ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*