कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त
३ पुष २०७९, आईतवार १४:११

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् ।
नेपाल सरकार (मन्त्रीस्तरीय) को कात्तिक १२ को निर्णयअनुसार दुवाडी कृषि विकास बैंकको संचालक पदमा नियुक्त भई कार्यरत रहेकोमा बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
साथै दुवाडीदे प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष सपथग्रहण समेत गरिसकेका छन् ।












