कृषि विकास बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३ पुष २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २७.५४ अंकले घटेर १८५५ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा आज एक अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक कृषि विकास बैंकको ६ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ४३ लाख, नबिल बैंकको ५ करोड ४१ लाख, नेपाल टेलिकमको ४ करोड ८९ लाख र हिमालयन डिष्टिलरीको ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*