स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अविनास अग्रवाल नियुक्त
३ पुष २०७९, आईतवार १५:२६

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् ।
बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि अग्रवाल बैंकको संचालक पदमा चयन भएका हुन् ।
यसअघि संचालक पदमा रहेका भरत कुंवरको सट्टामा बैंकको संचालक समितिको बैठकले अग्रवाललाई नियुक्त गरेको हो ।












