नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य समायोजन

३ पुष २०७९, आईतवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य १८५ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर शेयर वितरणपछिको शेयरमूल्य १७६ रुपैयाँ ६१ रुपैयाँ कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*