नेपाल एसबिआई बैंकद्धारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा आह्वान गरेका छ । संस्थाले पुस २५ गतेका दिन २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब , भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकलले हाल कायम चुक्तापूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ ।
उल्लेखित प्रस्तावहरू सहित बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको समेत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।












