मुक्तिनाथ विकास बैंक ‘बेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड्स २०२१’ बाट सम्मानित

४ पुष २०७९, सोमबार १४:४४

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड (साफा) वेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड २०२१’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एशियन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा) वेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड २०२१’ अन्तर्गत बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’द्धारा सम्मानित भएको हो ।

वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालको तर्फबाट मुक्तिनाथ विकास बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एशियन फेडेरेशन अफ अकाउन्टेन्ट्समा पठाएको हो ।

उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*