प्राइम बैंकमा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
४ पुष २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा घटेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ ।
आज शेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ । शेयरबजारमा आज ८८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ छ । सर्वाधिक प्राइम कमर्सियल बैंकको ६ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख, हिमालयन डिष्टिलरीको ४ करोड २७ लाख, नेपाल टेलिकमको ३ करोड ७६ लाख र पिपुल्स हाइड्रोपावरको ३ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













